फागुन २४,
२०७७,काभ्रे/

सर्वाेच्च अदालतको आइतवारको फैसलाबाट नेकपा एमाले ब्यूतिएपछि देशभरका पार्टी कार्यालयबाट ‘नेकपा’ हटाएर नेकपा एमालेका बोर्ड र झण्डा फहराउन थालिएको छ । अभियानकै रुपमा विभिन्न जिल्लामा तत्कालीन नेकपा एमालेको कार्यालय रहेका भवनमा फेरि एमालेको झण्डा राख्न थालिएको हो ।

यसैबिच काभ्रे जिल्ला पनि नेकपा एमालेको कार्यालय पुनःस्थापना गरिएको छ । आज (सोमबार) ओली पक्षका नेता–कार्यकर्ताले विघटित नेकपा एमालेको कार्यालय पुनःस्थापना गरेका हुन् । ओली पक्षका जिल्ला अध्यक्ष अशोककुमार व्यान्जु श्रेष्ठ, जिल्ला कमिटीका सदस्य, युवा, विद्यार्थी नेता कार्यकर्ताको उपस्थितिमा साविक कार्यालय सञ्चालनमा ल्याइएको हो ।

हाल जिल्लामा दाहाल –नेपाल समूहका अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबा छन् भने ओली पक्षले साविक एमालेका उपाध्यक्ष अशोककुमार व्यान्जु श्रेष्ठलाई अध्यक्ष बनाईसकेको छ ।
प्रतिनिधिसभा विघटनको विषयमा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्ष विभाजित भएपछि साविक एमालेको उक्त कार्यालय ओली समूहका नेता कार्यकर्ताले अर्को ताला थपेर कब्जामा लिएका थिए ।

Facebook Comments Box