फागुन २८,
२०७७,काभ्रे/

बेथानचोक गाउँपालिकाको वार्षिक निति कार्यक्रम अन्तर्गतका पुर्वाधार बिकासका कार्यलाई तिब्रताका साथ अगाडी बढाउन गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले उत्सुकताका साथ चासो दिएका छन् । ठेक्का तथा उपभोक्ता समिती मार्फत सन्चालन भएका, भइराहेका र कार्यान्वयनका चरणमा रहेका पुर्वाधार बिकासका कार्यक्रमलाई कुनैपनि बहानामा ढिलाइ गर्न नहुने अध्यक्ष तिमल्सिनाको भनाइ छ ।

पालिका अध्यक्ष तिमल्सिनाले यहि फागुन २६ र २७ गते बेथानचोक –५ च्याल्टी, मदनबास स्वास्थ चौकि र ६ को भुग्देउ स्थित स्वास्थ संस्थामा कोभिड–१९ विरुद्धको खोप भ्याक्सिन लगाएतका सामाग्री हस्तान्तरण, खोप कार्यक्रम निरीक्षण साथै वडा नम्बर ५ र ६ मा आ.व. २०७७/७८ कम भईरहेको कार्य प्रगतिको जानकारी समेत लिएका छन् ।

अध्यक्ष तिमल्सिनाले जनताले राज्यबाट प्रत्यक्ष अनुभुती पाउने गरि बिकासको सपना देखेको बताए । उनले जनताको प्रत्यक्ष घरदैलोमै रहेर कार्यसम्पादन गर्ने स्थानीय सरकारबाट सन्चालन हुने कार्यक्रमहरु मार्फत बेथानचोक गाउँपालिका समृद्ध बनाउन सबै वडामा सुचित गरिएको इन्जिनियर तथा गाउँपालिका सूचना अधिकारि ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिए ।

Facebook Comments Box