चैत्र ६,
२०७७,काभ्रे/

रोशी गाउँपालिका वडा नं ७ स्थित रोशी माध्यमिक विद्यालयमा प्रारम्भिक साक्षरता र गणित कार्यक्रमको घुम्ती वैठक सम्पन्न भएको छ । रोशी गाउँपालिकाको सहयोगमा नाङ्शाल एशोसिएशन नेपालद्वारा सञ्चालन गरिएको उक्त वैठकमा पालिकाको शिक्षा शाखा प्रमुख राम तामाङले विकासको मूल आधार शिक्षा र शिक्षाको मूल आधार बालविकास केन्द्र भएकोले बालविकास केन्द्रको चौतर्फि विकासका लागि सबै पक्षले ध्यान दिनुपर्ने बताए ।

प्रारम्भिक बालबालिकाको शारीरिक, बौद्धिक, सामाजिक र संवेगात्मक पक्षको विकासका निम्ति विद्यालयमा शिक्षण सिकाईको निम्ति कक्षाकोठा व्यवस्थापन, बालकक्षा शिक्षकलाई पर्याप्त तालिम, आवश्यक शैक्षिक सामग्री निर्माण तथा प्रयोगको निम्ति नाङ्शाल सँग सहकार्य गरेर सहयोग गर्दै आएको उनले बताए ।
त्यसैगरि उक्त वैठकमा प्रारम्भिक साक्षरता र गणित कार्यक्रम लागू भएका र नभएका विद्यालयका बालकक्षा शिक्षकहरुले आ –आफ्ना बालविकास केन्द्रको भौतिक, शैक्षिक व्यवस्थापन र सिकाईको विषयमा समिक्षा, कार्यक्रम लागू भएका विद्यालयमा भएका राम्रा अभ्यास र समस्याको विषयमा छलफल भएको कार्यक्रमका सुपरभाइजर सृजना तामाङले जानकारी दिए ।

साथै कोरोनाको महामारीको त्रास अझै पनि भएको कारणले बालबालिकाहरुलाई स्वस्थ र सफा राख्न हात धुने साबुन र मन्जन पनि वितरण गरिएको थियो । वैठकमा ६१ ओटा बालविकास केन्द्रका बालकक्षा शिक्षकहरुको सहभागिता रहेको थियो ।

वालवालिकाको निम्ती हात धुने सावुन र मञ्जन वितरण गर्दै
वाल कक्षको समिक्षा गर्दै शिक्षक रजनी लामा

Facebook Comments Box