चैत्र ७,
२०७७,काभ्रे/

नेपाली कांग्रेस पार्टीमा युवाको आकर्षण बढ्दै गएको छ । २०७४ को संघ र प्रदेशको निर्वाचनमा बाम गठबन्धन गरेर निर्वाचनमा लडेका कम्युनिष्ट पार्टी बीच पद लेनदेनमा कुुरा नमिलेपछि टुट र फुटमा पुगेपछि अधिकांशको युवाको आकर्षण नेपाली कांग्रेस हुन पुगेको छ ।

यसैक्रममा नेपाली कांग्रेस रोशी गाउँपालिकाका विभिन्न वडाबाट अहिले नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दो रहेको छ । रोशी गाउँपालिका वडा नं ६ सिपाली चिलाउनेमा ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज (शनिवार) वडा नं ६ कार्यसमिति द्वारा आयोजित पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको वडा सदस्य उम्मेवार कान्छीमाया तामाङ सहित ५० जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् । नेपाली काँगे्रसमा प्रवेश गर्नेमा एमाले र माओबादी केन्द्रका रहेका छन ।


कार्यक्रममा नव प्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल बिद्यार्थी संघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र न १ का सभापति एव्म संविधानसभा सदस्य तीर्थ लामा, नेपाली कांग्रेसका नेता गणेश लामा, नेपाली कांग्रेसप्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत ‘ख’ का सभापति रमेशप्रसाद हुमागाई, क्षेत्र नं १ ‘क’ का सभापति रामबहादुर योन्जन, नेविसंघका महामन्त्री मनोज बैद्य, नेपाली कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामा, रोशी गाउँपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष पदम बहादुर लामा लगायतले नव प्रवेशीलाई स्वागत गरेका थिए ।

यस अघि रोशी गाउँपालिका वडा न ९ मंगलटारबाट एक हप्ता कै बीचमा ९६ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन । गत आइतबार ४१ जना कांग्रेस प्रवेश गरेका थिए भने शुक्रबार पुनः ५५ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन । उक्त वडाबाट स्थानीय निर्वाचनमा नेकपा एमाले जितेको थियो ।

नव प्रवेशीहरुले कम्युनिष्ट पार्टी प्रति असन्तुष्ट रहेको बताउँदै नेपाली कांग्रेस पार्टी नै अब देशको नेतृत्व गर्ने पार्टी भएको बताएका थिए ।

Facebook Comments Box