चैत्र ९,
२०७७,काभ्रे/

जिल्लाको पनौती नगरपालिकामा सोमबार ८ सय जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारको दोश्रो चरण अन्तर्गत ६५ वर्ष माथिका नागरिक, पहिलो चरणमा छुटेका नागरिक सहित ८ सय जनालाई खोप लगाईएको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

जसमध्ये ४ सय १२ जना पुरुष र ३ सय ८८ जना महिला रहेका छन् । काभ्रे जिल्लामा २३ हजार ४ सय ७५ जनाले कोरोना भाईरस बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको बिवरण अनुसार पहिलो चरणको खोप अभियानमा ६ हजार ७ सय ९९ जना र दोस्रो चरणमा हालसम्म १६ हजार ६ सय ७६ जनाले खोप लगाएका हुन् । जिल्लामा अहिले ५ जना महिला र ५ जना पुरुष गरि १० जना सक्रिय संक्रमित छन् । उनीहरु सबैजना होम आइसोलेसनमा रहेको कार्यलयले जनाएको छ ।

Facebook Comments Box