चैत्र १२,
२०७७,रामेछाप/

जिल्ला प्रहरी कार्यालय रामेछापले बिहिबार मन्थली नगरपालिका जिरोकिलोमा रहेको वर्कशपबाट एक थान चोरीको मोटरसाइकल बरामत गरेको छ । मन्थली नगरपालिका १३ स्थित जिरोकिलोमा रहेको अशोक जर्गा मगर सञ्चालक रहेकोे वर्कशपबाट बा. ६५ प ७५७ नम्बरको चोरीको मोटरसाइकल बरामत गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यही चैत ११ गते महानगरीय प्रहरी प्रभाग काठमाडाण्डौँबाट प्राप्त च.नं. ५३० को पत्रमा उल्लेखित यज्ञ कुमार श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी केदार न्यौपाने भएको चोरी कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले बरामत गरेको मोटरसाइकल लाई काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए । चोरी मुद्दाका आरोपित न्यौपाने हाल प्रहरी प्रभाग काठमाडौँ प्रहरीको नियन्त्रणमा रहेका उनले बताए ।

Facebook Comments Box