यश कुमार परियार–चैत्र १३,
२०७७,काभ्रे/

काठमाण्डौको बौद्धमा टेलिकमको तार मिलाउने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । काठमाण्डौको बौद्ध जोरपाटी स्थित गोकर्ण जाने रुटमा नेपाल टेलिकमको तार मेन्टेनेन्स काम गरिरहेका काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं १२ का तेज बहादुर मगरको शुक्रबार मृत्यु भएको वडा अध्यक्ष राम लामाले जानकारी दिए ।

३२ वर्षिय मृतक मगर बिजुली बजारमा बस्दै आएका थिए । बौद्ध जोरपाटी स्थित गोकर्ण जाने रुटमा अन्य ३ जना साथी सँगै सडकको ढलान ड्रिल मेसिनले फुटाउदै थिए । सोहि क्रममा ड्रिलको तार पानीमा परी मगरलाई करेन्ट लागेको र तत्काल नेपाल मेडिकल कलेजमा लगिएको भएपनि डाक्टरले मृत घोषणा गरेको अस्पतालबाट मृतकका आफन्त बसन्त तामाङले जानकारी दिए ।

सडकको तार व्यवस्थापन कामका ठेकेदार गोपाल तिमल्सिनाले मृतक मगर केहि समय अगाबै देखि आफु मातहत काम गर्दै आएको बताए । दशैँ अघि देखिनै निरन्तर हैन तर समय समयमा काम गर्दै आएको र ढलान फुटाउने क्रममा मेसिनको तारले करेन्ट लागेको अन्य कामदारको भनाई उद्रीत गर्दै तिमल्सिनाले बताए । अहिले परिवारजन र नेपाल टेलिकमका कर्मचारी बिच कुरा भएको र समन्वय गरेर उचित क्षतिपुर्तिको व्यवस्था गरिने उनले बताए ।

Facebook Comments Box