चैत्र १६,
२०७७,काभ्रे/

जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार आज सोमबार थपिएका संक्रमित बनेपा नगरपालिकाका हुन् । योसँगै काभ्रेमा कोरोना संक्रमितको कुल संख्या ३३ सय ८० पुगेको छ ।

जिल्लामा अहिले ३ जना महिला र ७ पुरुष गरी १० जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका काभ्रेले जनाएको छ । कार्यालयका अनुसार सबै सक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

कोरोनाका कारण काभ्रेमा हालसम्म ६३ जनाको मृत्यु भैसकेको छ , जसमध्ये काभ्रे जिल्लका ४५ जना छन् भने अन्य जिल्लाका १८ जना रहेका छन् ।

Facebook Comments Box