चैत्र १७,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं ६ मा महिला उद्यमी लक्षित ३ महिने ढाका बुनाई तालिम सुरु भएको छ । तालिमको आज रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मि कुमारी बर्तौलाले उद्धाटन गरेकी हुन् । सृजनशिल गोदावरी महिला समाज सातदोबाटो, ललितपुरको आयोजनामा संचालित तालिममा रोशी गाउँपालिकाको सहयोग रहेको छ ।

रोशी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सुरु भएको कार्यक्रममा १८ जना महिला उद्यमीहरुको सहभागिता रहेको शाखा प्रमुख प्रज्वला राईले जानकारी दिईन् ।

उद्घाटन कार्यक्रममा रोशी गाउँपालिका वडा नं ६ का कार्यवाह वडा अध्यक्ष नारायण बहादुर सापकोटा, सृजनशील गोदावरी महिला समाज सादोबाटो ललितपुरका रेनुका रेग्मी, ढाका बुनाई तालिमका सहजकर्ता सपना मानन्धर, रोशी गाउँपालिका उद्यम विकास सहजकर्ता मनिषा मोक्तानको सहभागिता थियो । आज (मंगलबार) बाट सुरु भएको तालिम असार १७ गते सम्म चल्नेछ ।

Facebook Comments Box