वृहत विद्यालय सुरक्षाको न्यूनतम प्याकेज कार्यान्वयनको लागि भूकम्प प्रभावित १४ जिल्लाका सम्पूर्ण विद्यालयहरुमा अभिमुखिकरण हुने भएको छ । त्यसको लागि सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ नेपालले भूकम्प प्रभावित १४ जिल्लाका २० अभियान्तालाई क्षमता विकास तालिम दिएको छ । धुलिखेलमा १९ र २० गते बृहत बिद्यालय सुरक्षा बारे क्षमता विकासका लागि अभियान्तहरुलाई महासंघले तालिम दिइएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृहत बिद्यालय सुरक्षाका लागि न्यूनतम प्याकेज, कार्यान्वयन कार्याविधि र सञ्चार सम्प्रेषण रणनीति लगायतका सन्दर्भ सामग्रीहरु तयार परेको छ । उक्त न्यूनतम प्याकेज र सन्दर्भ सामाग्रीलाई स्थानीय सरकारले आफ्नो नीति, कार्याविधि र योजनामा समावेश गरेर वृहत विद्यालय सुरक्षा न्यूनतम प्याकेजको कार्यान्वयन गर्नेछ । पहिलो चरणमा उक्त भुकम्प प्रभावित १४ जिल्लाका १३१ स्थानीय तहमा यस बारे अभिमुखिकरण गर्ने जानकारीे सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ नेपालकी कार्यक्रम अधिकृत ललिता तामाङले दिइएका दिनुभयो । भूकम्पबाट प्रभावित काभे्र, सिन्धुपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुली, गोरखा, काठमाडौं, भक्तपुर, ललितपुर, ओखलढुङ्गा, मकावनपुर, धादिङ, रसुवा, नुवाकोटबाट तालिममा सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमलाई आर्थिक सहयोग युनिसेफले गरेको थियो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघले समन्वय गरेको थियो ।

Facebook Comments Box