चैत्र ३०,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका र तेमाल गाउँपालिकामा संचालित ३ महिने निःशुल्क राष्ट्रिय सीप परिक्षण तालिम सम्पन्न भएको छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि (इभेन्ट) परियोजना अन्तर्गत एन.आई.टि.भि.टि. द्वारा काभ्रेको रोशी गाउँपालिका वडा नं.७, कटुञ्जेवेशीमा र तेमाल गाउँपालिका वडा नं.५ नारायणस्थानमा कार्यक्रम संचालन गरिएको हो । ३ महिने निःशुल्क ड्रेस मेकर (सिलाई कटाई) तालिममा रोशीबाट ३७ जना सहभागि थिए भने तेमालबाट १९ जना सहभागि थिए ।

सहभागिहरुका लागि सि.टि.ई.भि.टि. को राष्ट्रिय सीप परिक्षण समितिबाट आएका म्यानेजर तथा एसेसर रविकृष्ण सुवाल, एसेसर रत्न काजी कपाली र केन्द्राध्यक्षमा अर्जुन प्रसाद सापकोटाले राष्ट्रिय सीप परिक्षण सम्पन्न गरेका हुन् ।

सीप परिक्षणमा उतिर्ण भएमा सहभागिहरुले सि.टि.ई.भि.टि.को तह—१, को प्रमाण पत्र पाउनेछन् । वेरोजगार युवाहरुलाई रोजगारमूलक सीपमूलक तालिम दिएर ज्ञान र सीपबाट दक्ष प्राविधिक बनाई रोजगारी सिर्जना गर्ने परियोजनाको उद्देश्य रहेको तालिम संयोजक अर्जुन प्रसाद सापकोटाले जानकारी दिए । सोहि अनुरुप अब ५६ जना नै सहभागिहरु रोजगारीमा सामेल भई कम्तिमा पनि मासिक १० हजार कमाउने अपेक्षा गरिएको संयोजक सापकोटाले बताए ।

Facebook Comments Box