बैशाख ३,
२०७८,काभ्रे/
जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ४ तिपचोकमा स्वस्छता, सरसफाई र संक्रमण रोग सम्बन्धी ४ दिने सचेतनामुलक तालिम सम्पन्न भएको छ । ADRF नेपाल संस्थाको आयोजना तथा बेथानचोक गाउँपालिकाको समन्वयमा कार्यक्रम संचालित कार्यक्रमको समापनमा गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । बाबोनानुम फाउन्डेशन कोरियाको विशेष सहयोगमा संचालित कार्यक्रममा १५० जना स्थानीय नागरिक लगाएत जनप्रतिनिधिलाई स्वस्छता, सरसफाई र संकमण रोग सम्बन्धी ४ दिने सचेतनामुलक तालिम साथै स्वास्थ्य सामाग्री बितरण समेत गरिएको थियो ।

बेथान्चोक,४ तिपचोकमा संचालित उक्त सरसफाइ एबम सचेतनामुलक कार्यक्रम पछि स्वास्थ सामग्री बितरण गर्दै संस्थाका कार्यक्रम संयोजक प्रकाश तामाङले तालिममा प्रशिक्षक भोजराज ओझा र राजकुमार लम्सालले प्रशिक्षण गराएका सिपलाई दैनिक जिवनको ब्यवहारमा लागु गर्दै स्वस्थ हुन र सफा स्वच्छ वातावरण निर्माणमा लाग्न सुझाव दिएका ।

कार्यक्रममा १५० जनतालाई मास्क, सेनिटाइजर, रुमाल, टुथपेस्ट ब्रस, साबुन लगाएतका सामग्री बितरण गरिएको थियो । समापन कार्यक्रमलाइ सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेले संस्थाको सामाजिक सेवा प्रतिको उल्लेखनीय कार्यको प्रसंशा गर्दै धन्यवाद ज्ञापन गरेकि थिईन् ।

Facebook Comments Box