बैशाख १०,
२०७८,काभ्रे/

भारत सरकारको सहयोगमा धुलिखेल नगरपालिकालाई सहयोग गरिएको अत्याधुनिक एम्बुलेन्स धुलिखेल अस्पताललाई हस्ताण्तरण गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुले अस्पताललाई एम्बुलेन्स जिम्मा लगाएका हुन् ।

भारत सरकारको सहयोगबाट प्राप्त उक्त एम्बुलेन्स ९८ लाख १६ हजार ३ सय १७ रुपैयाँको हो । यो एम्बुलेन्स धुलिखेल नगरपालिका आफैँले सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box