बैशाख १३,
२०७८,काभ्रे/

जिल्लामा कोरोना भाईरसको संक्रमण दर दिनानु दिन बढ्न थालेपछि पनौती नगरपालिका क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थाहरु मंगलबारबाट बन्द गरिने भएको ।

शैक्षिक संस्थाहरुमा भिडभाड हुने भएकाले सामुदायिक तथा संस्थागत विद्यालय र क्याम्पसहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द गराउन पनौती नगरपालिकाले आदेशात्मक निर्णय गरेको हो । यस अघि जिल्लाको बनेपा, धुलिखेल र पाँचखाल नगरपालिकाले शैक्षिक संस्थाहरु बन्द गराइसकेका छन् ।

विपद ब्यवस्थापन समितिको सिफारिसमा पनौती नगरपालिकाले सभा सम्मेलन गोष्टीको आयोजना नगर्न, सार्बजनिक यातायातका साधनमा निर्धारित स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरेको छ । यसैगरी बजार पसल पनि स्वास्थ्य मापदण्ड पालना गरी बेलुकी ८ बजेसम्म मात्र खोल्न भनिएको छ । आफ्नो वरपर तथा छिमेकमा संक्रमित फेला परे तुरुन्त सम्बन्धित निकायमा खबर गर्न पनि पनौती नगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ । मठ–मन्दिर, सभा समारोह, चाडपर्वमा भिडभाड नगर्न आग्रह गरिएको छ भने नागरिकहरुलाई बाहिर हिड्दा अनिवार्य माक्सको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेको छ ।

Facebook Comments Box