काभ्रे,देबराज
नमोबुद्द नगरपालिका प्रमुख कुन्साङ लामा एवं नगरको टोलिहरुले नगर भित्र संचालित बिकास निर्माण कार्यको निरिक्षण गरेका छन् । नगर प्रमुख कुन्साङ लामाको नेतृत्वमा काभ्रे जिल्ला प्रहरी नायब उपरीक्षक ढुन्डी राज न्यौपाने तथा नगरका कर्मचारीहरुले वडा नं ४ रहेको प्रहरी चौकी स्थानान्तरणको लागी वडा नं ७ नौबिसेमा जग्गाको अवलोकन र स्थलगत निरिक्षण एवं वडा नं २,३ मा निर्माणाधिन अवस्थामा रहेको सडक एवं शीत गृहको निरीक्षण तथा अवलोकन गरीएको हो ।
निरिक्षणमा वडा नं ३ का वडा अध्यक्ष रमेश तिवारी , ६ नं वडाका अध्यक्ष टिका केसी, वडा नं ७ का का अध्यक्ष धर्म सिं लामा, नगर युवा परिषद उपाध्यक्ष रामेश्वर अधिकारी , नगर कानूनी सल्लाहकार महेन्द्र थिङ तथा स्थानिय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।