बैशाख १४,
२०७८,काभ्रे/

जिल्लाको पाँचखाल नगरपालिकामा १५ वेडको आईसोलेसन कक्ष स्थापना गरिएको छ । विगत लामो समयदेखि बन्द रहेको समाजकल्याण प्राविको भवनमा १५ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमागाँईले जानकारी दिए ।

उनका अनुसार आइसोलेसनमा अक्सीजन सहतिको अन्य पुर्वाधारको व्यवस्था गरिएको छ ।
बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्येनजर गरी आईसोलेसन तयारी अवस्थामा राखिएको उनले बताए । संक्रमणको अवस्था हेरेर वेड संख्या बढाउने नगरपालिकाको तयारी छ । आइसोलेसनमा पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले सेवा दिनेछन् ।

नगरपालिकामा अहिले १५ जना कोरोनाका सक्रिय संक्रमित छन् । उनिहरु सबैजना होम क्वारेन्टाईनमा रहेका छन् ।

Facebook Comments Box