जेठ १,
२०७८,काभ्रे/

जिल्लको पाँचखाल नगरपालिकाका २ वडाका ६० किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ ।

नगरपालिकाको ९ नम्बर र ११ नम्बर वडा कार्यालयले किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्रतिशत लगानीमा खरिद गरिएको ट्याक्टर वितरण गरेको हो । वडा नम्बर ११ मा ३५ थान हाते ट्याक्टर वितरण गरिएको छ भने वडा नं ९ मा २५ थान हाते ट्याक्टर वितरण गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

वडा नं ११ को कार्यालयमा भएको कार्यक्रममा नगरप्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, वडा अध्यक्ष शिवशरण लामा, वडा सदस्य हिराकाजी तथा वडा सचिवले किसानलाई ट्याक्टर हस्ताण्तरण गरेका थिए । त्यस्तै वडा नं ९ मा भएको कार्यक्रममा वडाध्यक्ष किरण श्रेष्ठले किसानहरुलाई ट्याक्टर हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष श्रेष्ठले वडाले ‘एक घर, एक ट्याक्टर’ अभियान चलाईरहेको र यस अघिपनि वडाका ८१ वटा समुहले ट्याक्टर पाईसकेको जानकारी दिए ।

Facebook Comments Box