जेठ २,
२०७८,काभ्रे/

जिल्लामा तेश्रो पटक निषेधाज्ञाको समय थप गरिएको छ । भोली सोमबारबाट जेठ १२ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी हुने भएको छ । दोश्रो पटक जारी गरेको आंशिक निषेधाज्ञा आज आईतबार राती १२ बजेबाट सकिदैछ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सोमबारबाट तेश्रो पटक जारी गर्न लागिएकानिषेधाज्ञा जिल्लाभर गरिने बताए । यस अघि संक्रमण फैलन नदिन जिल्लाका प्रमुख राजमार्ग र शहरी क्षेत्रमा मात्रै निषेधाज्ञा गरिएको थियो । संक्रमण ग्रामिण भेगमा समेत फैलन थालेपछि काभ्रेपलाञ्चोक जिल्लाको सबै क्षेत्रमा निषेधाज्ञा लागु गर्न लागिएको पोखरेलले बताए ।

यस अघि अत्यावश्यक खाद्यान्न तथा तरकारी पसल खोल्ने समय विहान र बेलुका कायम गरिएको भएपनि सोमबारबाट विहान १० बजे सम्म मात्रै खाद्यान्न, तरकारी लगायतका पसलहरु खोल्न पाईने भएको छ । सिमित क्षेत्र र स्थानको निषेधाज्ञालाई फराकिलो बनाउँदै सक्रमण नियन्त्रणको प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलल बताए । संक्रमित विरामीहरुको संङ्ख्या बढ्दै गएकाले निषेधाज्ञाको अवधी बढाएको पोखरेलल बताए ।

स्थानीय प्रशासनले यस अघि जिल्लाका प्रमुख शहरहरु बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका अन्तर्गत मुख्य बजारचोक र राजमार्गबाट ५ सय मिटर देखि १ किलोमिटरसम्म निषेधाज्ञा गरेको थियो । त्यस्तै रोशी गाउँपालिकाको विपी राजमार्ग अन्र्तगत मंगलटारको क्षेत्र निषेधाज्ञा थियो ।

Facebook Comments Box