माघ २५,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा आजबाट दोस्रो पालिका अध्यक्ष कप अन्तर वडा फुटबल प्रतियोगिता सुरु हुँदै छ । तेमाल खेलकुद विकास समितिको आयोजनामा आज आइतबारबाट सुरु हुने खेलमा वडा नं १ र ७ भिड्दै छन् ।पालिका उपाध्यक्ष एवं खेलकूद विकास समितिका अध्यक्ष दुर्गामाया तामाङका अनुसार प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी ९ वटा टिम प्रतिस्पर्धामा उत्रिने भएका छन् । उनका अनुसार करिब १ घण्टा जतिको उद्घाटन समारोह लगत्तै खेल सुरु हुने छ ।
प्रतियोगिताका सबै खेल गाउँपालिकाको प्रस्तावित रंगशाला वडा नं।७ स्थीत चापाखोरीमा हुने छ ।

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुख्य नाराका साथ २७ गतेसम्म सञ्चालन हुने अध्यक्ष कपले युवा भातृत्व र एकताको विकासका साथै युवालाई शारीरिक, मनोवैज्ञानिक रुपमा तन्दुरुस्ती गराउने र तेमालको गौरव उठाउने विश्वास आयोजक समितिका अध्यक्ष तामाङको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख, दोस्रो हुने टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख रुपैयाँ र सान्त्वना प्राप्त टिमले ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सबै भन्दा बढी गोल गर्ने खेलाडीले जनही नगद ५र५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका पुरस्कृत सबै टिम र खेलाडीलाई मेडल र प्रमाणपत्रद्वारा पनि सम्मान गरिनेछ ।

Facebook Comments Box