जेठ १२
२०७८,काभ्रे

कटुन्जेबेशी

कटुन्जेबेशी काभ्रेको रोशी गाउँपालिकाका स्वास्थ्यकर्मी कोरोना संक्रमितको घरदैलो मै पुगेर सेवा दिएका छन । संक्रमितको हौसला बढाउन र उनीहरुलाई आवश्यक स्वास्थ्य सागम्री लिएर स्वास्थ्यकर्मी घरदैलोमा पुगेको रोशी गाउँपालिका अध्यक्ष डीवी लामाले जानकारी दिए ।स्वास्थ्यकर्मीले होम आइसोलेसनमा बस्दा आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । मास्क, सेनिटाइजर, साबुन र औषधिहरुमा भिटामिन सि, भिटामिन डि ,क्याल्सियम, मल्टिभिटामिन, सिटामोल, एसिलक, जीबनजल ,जिकं साथै आबश्यक्ता अनुसारका एन्टिबाइयोटिक औषधहरु वितरण गरिएको मंगलटार स्वास्थ्य चौकीका प्रमुख नीशा बरालले जानकारी दिइन । मंगलटार क्षेत्रका संक्रमितलाई उनीहरुले मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र सहि तरिकाले डिस्पोज कसरी गर्ने भन्ने बारेमा जानकारी दिएका थिए । घरदैलोका क्रममा संक्रमित बिरामीहरुलाई श्वासप्रश्वास सम्बन्धी जटिल समस्या देखिएमा चाडो भन्दा चाडो रोशी गाउपालिका र नमोबुद्द गाउपालिकाको सयुक्त रुपमा सञ्चालित जनक मा.बि. मेथिनकोटमा रहेको आइसोलेसनमा उपचारको लागि जान समेत सल्लाह दिइएको थियो ।
रोशी गाउँपालिकाले होम आइसोलेसनमा बसेका संक्रमितलाई हौसल प्रदान तथा स्वास्थ्य सामग्रीका लागि स्वास्थ्यकर्मी परिचालन गरिरहेको जनाएको छ ।

Facebook Comments Box