जेठ,१६
काभ्रे,२०७८

काभ्रेमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । हिजो शनिवार ६४ संक्रमित रहेकोमा आज घटेर ५८ जनामा आएको छ ।
आज पाँचखाल नगरपालिकामा १६ महिला र १६ पुरुष, रोशी गाउँपालिकामा तीन महिला सात पुरुष, बनेपा नगरपालिकामा दुई महिला र एक पुरुष, भुम्लु गाउँपालिकामा दुई पुरुष, धुलिखेल नगरपालिकामा एक महिला दुई पुरुष, मण्डनदेउपुर नगरपालिका तीन महिला र चार पुरुष सहित ५८ नयाँ संक्रमित थपिएका छन । यो सँगै काभ्रेमा ८५ सय ६२ संक्रमित पुगेका छन । आज १६८ संक्रमित निको भएसँगै निको हुनेको संख्या छ हजार ६२ पुगेको छ । काभ्रेमा सक्रिय संक्रमित २३ सय ७२ रहेका छन । जसमा १४३ अस्पताल आइसोलेसन र बाँकी २२ सय २९ होम आइसोलेसनमा रहेका छन ।
आज धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएका म्याग्दी जिल्लाका ८२ बर्षीय महिलाको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । महिलालाई जेठ ७ गते कोरोना भएको थियो । काभ्रेमा कोरोनाबाट १२८ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box