जेठ,२६
२०७८,काभ्रे
नेपाली काँग्रेस चौँरी देउराली गाउँ कार्यसमितिद्दारा धुसेनी शिवालय अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष दीनानाथ गौतम मार्फत उक्त अस्पताललाई स्वास्थ्य सामग्री काँग्रेसले सहयोग गरेको हो ।
काँग्रेसले अक्सिजन कन्सन्सट्रेटर एक थान, अक्सिजन सिलन्डर पाँच थान, बाइपाप मेसीन एक सेट, अक्सिजन रेगुलेटर एक सेट र प्यासेन्ट मोनिटर एक सेट सहयोग गरेको हो । साथै चौँरी देउराली गाउँपालिकाका प्रत्येक स्वास्थ्य चौकी मा मास्क, सेनिटाइजर र ग्लब्स काँग्रेसले वितरण गरेको थियो।नेपाली काँग्रेस का नेता बिक्रम राज गौतम, शेर बहादुर लामा लगायतको टोलि द्वारा गाउँपालिका मार्फत अस्पताल लाई स्वास्थ्य सामग्री प्रदान गरिएको थियोे । यस विषम परिस्थिति मा नेपाली काँग्रेस को तर्फ बाट हाल अति आवश्यक रहेको सामग्री उपलब्ध गराउन पाउदा खुसि लागे काँग्रेसले जनाएको छ ।

Facebook Comments Box