काभ्रे,
रोशी गाउँपालिका वडा नम्बर ९ मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। रोशी गाउँपालिकाको आयोजना, कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल, सुनापाती –२, गाल्पा, रामेछापको सहकार्यमा र ताइवान रूट मेडिकल पिस क्रप्स, ताइवानको प्राविधिक सहयोगमा यही कार्तिक २५ गते श्री मंगल जनविजय माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन हुने भएको हो।
शिविरमा स्वदेशी तथा विदेशी विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य सेवा प्रदान गर्नेछन् । शिविरमा सामान्य स्वास्थ्य जाँच (ओपीडी), छाला तथा यौन रोग सेवा, दन्त रोग, आँखा जाँच, स्त्री रोग, अकुपन्चर तथा हाडजोर्नी दुखाइ उपचार, सामान्य शल्यक्रियात्मक सेवा, निःशुल्क औषधि वितरण तथा रेफरल सेवा जस्ता सुविधा उपलब्ध गराइने छ। शिविरमा सहभागि भई मौकाको फाईदा लिनुहुन गाउँपालिकाले आग्रह गरेको छ।











