२०७६-०६-१०
भकुण्डे, नमोबुद्ध नगरपालिका वडा न ४ मा रहेको जनक माध्यमिक बिद्यालयमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सय छ जना लाभान्वित भएका छन ।
६४ औँ प्रहरी दिवसको अवसरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौं, नमोबुद्ध नगरपालिका र जिल्ला प्रहरी कार्यालय काभे्रको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाले नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका, रोसी गाउँपालिका तथा महाभारत गाउँपालिकाका ९०६ जना स्थानीयले निःशुल्क शिविरबाट लाभान्वित भएको बताए ।
शिवरमा आँखा, नाक, कान, घाँटी, बालरोग, प्रसुती, मानसिक लगायतको निःशुल्क उपचार तथा औषधी वितरण गरिएको छ । जटिल आएका बिरामीलाई धुलिखेल अस्पताल तथा काठमाडौं अस्पतालमा रिफर गरिएको समेत एसपी सापकोटाले जानकारी दिए । उक्त शिविरको उद्घाटन प्रहरी नायव महानिरक्षक डा. मीनराज पाठक र नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा, जिल्ला प्रहरी प्रमुख सापकोटाले संयुक्त रुपमा गर्नुभएको थियो । शिविरमा ८० जना डाक्टर नर्स सहभागि थिए ।

Facebook Comments Box