काभ्रे,
अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाएर एक जना मजदुरको मृत्यु भएको छ । शुक्रबार बेलुका करिब ७–८ बजेको समयमा बिपी राजमार्गमा काम गर्ने रोशी–७ निवासी करिब ४२ वर्षीय कुन्साङ तामाङको रोशी खोलाले बगाएर मृत्यु भएको हो । शुक्रबार दिउँसो रोशी क्षेत्रमा असिनासहित भारी वर्षा भएको थियो। भारी वर्षापछि चौकीडाँडा नजिकै रोशी खोलाको बाढीमा फसेका ७ जनालाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरी चौकी कटुञ्जेको प्रहरी टोली घटनास्थलतर्फ पुगेको छ । विपि राजमार्ग शुक्रबार साँझदेखि नै अबरुद्ध छ । सम्बन्धित निकायबाट सडक खुलाउने कार्य भइरहेको हुँदा सबैलाई सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।














