Saturday, May 9, 2026
Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेका ४ स्थानीय तहको अन्तरपालिका समन्वय बैठकः यी हुन् ९ महत्वपूर्ण निर्णयहरु

RadioRoshi by RadioRoshi
बिहिबार, कार्तिक १६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
काभ्रेका ४ स्थानीय तहको अन्तरपालिका समन्वय बैठकः यी हुन् ९ महत्वपूर्ण निर्णयहरु
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाका बिभिन्न ४ स्थानीय तहको अन्तरपालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । हिजो (बुधवार) जिल्लाभित्रका रोशी गाउँपालिका , बेथानचोक गाउँपालिका , महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका जनप्रतिनिधिहरुको विकास निर्माणका विषयमा अन्तरपालिका समन्वय बैठक बसेको हो ।

You might also like

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

बैठकमा अन्तरपालिका विकास निर्माण, पर्यटकीय क्षेत्रको बिकास , सडक, पुल, सिंचाई तथा भवन लगायतका भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरु कार्यान्वयन , प्राकृतिक प्रकोपहरुको निदान , जनताको जीवनस्तर उकास्न अपनाउनुपर्ने बिधिहरु, पालिकाहरुको समन्वय एवं साझेदारीमा लक्षित कार्यक्रमहरु, साँध सिमानाका सम्बन्धमा, प्राकृतिक श्रोतको पहिचान तथा सडक खण्डको निर्माण कार्यका लागि आवश्यक पहल लगायतको बिषयहरुमा सुक्ष्म छलफल भएको छ ।

यी हुन बैठकको ९ महत्वपूर्ण निर्णयहरुः
१. अन्तरपालिका विकास निर्माण, सेवा प्रवाह र असल अभ्यासको आदान प्रदान गर्न अन्तरपालिका बैठक आवधिक रुपमा सञ्चालन तथा व्यवस्थापन गर्ने ।

२. रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, वेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकाभित्रका जनताहरुको आय स्तरमा बृद्धि गरी सम्बृद्ध पालिका निर्माणका लागि पर्यटकीय गन्तव्यको वेथानचोक पहिचान र संरक्षण गरी एकिकृत पर्यटन पूर्वाधार विकासका लागि महाभारत ट्रेल (पर्यटन पदमार्ग), नारायणस्थान, तिनतले झरना, शिव पार्वती गुफा, कपेर महाँकाल, तिलेश्वर पर्यटन क्षेत्र, तारखसे लेक, घ्याङलेक, चैतेपानी तथा भुमेचुली पर्यटन क्षेत्रको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रवर्द्धनमा संयुक्त लगानी गर्न एकिकृत कार्ययोजना निर्माण गरी कार्यान्वयनमा प्रभावकारी पहल गर्ने, थप बजेट व्यवस्थापनका लागि प्रदेश र संघीय सरकार समक्ष पहल गर्ने ।

३. रोशी गाउँपालिका, वेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकालाई समेट्ने गरी जनमुक्ति मार्ग निर्माणका लागि संयुक्त पहल गर्ने र चारवटै गाउँपालिकाभित्र पर्ने विभिन्न सडक, पुल, सिंचाई तथा भवन लगायतका भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरु कार्यान्वयन गर्दा अन्तरपालिकाहरुवीच आवश्यक समन्वय, सहकार्य र समझदारी कायम गरी संयुक्त रुपमा बजेट विनियोजन गर्ने र देहायका पूर्वाधार विकासका लागि थप बजेट व्यवस्थाका गर्न समेत प्रदेश तथा संघीय सरकार समक्ष संयुक्त पहल गर्ने ।

क) चौकीडाँडा – सिपाली – महाभारत सडक सञ्जाल

(ख) खोपासी, च्यासिखर्क, ताल्ढुङ्गा सडक
ग) खोपासी – च्याम्राङवेशी – सुकुमफेदी –– फापरवारी सडक
घ) फलामेसाँघु – ताराखसे लेक – महाभारत सडक
फलामेसाँघु – तिनधारे झरना – खानीखोला सडक
च) फलामेसाँघु – महाँकाल भुग्देउ – कामीडाँडा सडक

४. रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, वेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकाभित्रका विभिन्न स्थानमा निकट भविष्यमा आउन सक्ने सम्भावित प्राकृतिक÷गैर प्राकृतिक तथा मानव स्वास्थ्य तथा पशुजन्य विपद तथा अन्य प्रकारका प्रकोपहरुको पहिचान गरी सोको न्यूनिकरण तथा व्यवस्थापनका लागि चारवटै पालिकाले एकिकृत कार्ययोजना बनाई कार्यान्वयन गर्ने र विपद्जन्य घटनाहरुको न्यूनिकरण रोकथाम, उद्दार तथा व्यवस्थापनका कार्य गर्नका लागि पालिकासँग रहेका जनशक्ति, मेशिनरी औजार र सवारी साधनहरुको आवश्यकता वमोजिम आपसी रुपमा सहयोग तथा परिचालन गर्ने ।

५. उच्चतम प्रतिफल प्राप्त गरी राष्ट्रिय लक्ष्य अनुरुप जनताको जीवनस्तर उकास्नका लागि चारवटै गाउँपालिकाको साझा योजना तथा कार्यक्रम पहिचान गर्ने, सोको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त लगानी गर्ने र थप बजेटका लागि सम्बन्धित निकायमा संयुक्त पहल गर्ने । साथै पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, विपद व्यवस्थापन, खानेपानी तथा सरसफाई एवं कृषि ÷ भेटेरेनरी लगायतका कार्यक्रमहरु आवश्यकता अनुसार संयुक्त रुपमा सञ्चालन गर्न पहल गर्ने र पालिका स्तरका असल अभ्यासहरु एक अर्कामा आदान प्रदान गर्ने ।

६. पालिकाहरुको समन्वय एवं साझेदारीमा लक्षित कार्यक्रमहरु (प्राविधिक शिक्षालय, अपाङ्गता ग्राम, अन्य आवश्यक सामाजिक तथा आर्थिक विकाससँग सम्बन्धित) सञ्चालनका लागि सम्बन्धित निकायमा संयुक्त पहल गर्ने ।

७. चारवटै पालिकाको भौगोलिक साँध सिमानाका सम्बन्धमा उत्पन्न असमझदारीहरुको पहिचान गरी सह–अस्तित्वको भावना अनुरुप एक आपसमा समन्वय, सहकार्य र समझदारी पूर्वक समाधानका लागि पहल गर्ने ।

८. रोशी गाउँपालिका, महाभारत गाउँपालिका, वेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको साझा प्राकृतिक श्रोतको पहिचान गरी उच्चतम उपयोगका लागि आवश्यक समन्वय र सहकार्य गर्दै त्यसको व्यवस्थापन तथा संरक्षणमा जोड दिने ।

९. (क) जनमुक्ति मार्गको गोकुले – तालढुंगा – भोर्लेनी सडक खण्ड र पिन्थली – रजवास – भुमेचुली सडक खण्डको निर्माण कार्यका लागि आवश्यक पहल गर्ने ।
(ख) महाभारत ट्रेल (पर्यटन पदमार्ग) को वेथानचोक – ताराखसे लेकसम्मको ठेक्का प्रक्रियाका लागि आवश्यक पहल गर्ने ।

बैठकमा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङ, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी र महाभारत गाउँपालिका कान्छा लाल जिम्बा सहभागि हुनुहुन्थ्यो । त्यसैगरी रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवा, महाभारत गाउँपालिका उपाध्यक्ष, सागर मोक्तान, खानीखोला गाउँपालिका उपाध्यक्ष, दोर्जेमान जिम्बा, रोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, रोशी गाउँपालिका प्रवक्त बसन्त कुमार तामाङ, बेथानचोक गाउँपालिका प्रवक्ता मधुसुदन तिमल्सिना, वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

Previous Post

भकारो सुधार कार्यक्रममा सहभागी हुन रोशी गाउँपालिको अनुरोध

Next Post

तिहारमा ढकमक्क सयपत्रीले सजिएको जनक मा वि

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
तिहारमा ढकमक्क सयपत्रीले सजिएको जनक मा वि

तिहारमा ढकमक्क सयपत्रीले सजिएको जनक मा वि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेमा स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन

काभ्रेमा स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन

बिहिबार, साउन २६, २०७९
रोशी गाउँकार्यपालिका सदस्य र क्रसर व्यवसायीबिच वैठक सम्पन्न

रोशी गाउँकार्यपालिका सदस्य र क्रसर व्यवसायीबिच वैठक सम्पन्न

शुक्रबार, कार्तिक १८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.