Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Roshikhabar by Roshikhabar
फाल्गुन १०, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
नमोबुद्ध नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकाले अघिल्लो आर्थिक बर्षमा सम्पादन गरेका कार्यहरुबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७÷७८ मा नगरपालिकाबाट गरिएको सेवा प्रबाह र विकास निर्माणका कार्यबारे नगरपालिकाका विभिन्न ठाउँमा सार्वजनिक सुनुवाई गरिएको हो । सोमबार र मंगलबार गरी चार ठाउँमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । सोमबार वडा नं. १, ९, १० र ११ को सार्वजनिक सुनुवाई वडा नं. १० को कार्यालयमा सम्पन्न भएको थियो । यस्तै सोमबार नै वडा नं. ६, ७ र ८ को सार्वजनिक सुनुवाई नगरपालिका सभा हलमा सम्पन्न भएको थियो ।


आज मंगलबार वडा नं. ३ र ४ को सार्वजनिक सुनुवाई वडा नं. ३ को दाहालचौर र वडा नं. ५ को सार्वजनिक सुनुवाई कानपुरमा सम्पन्न भएको छ । वडा नं. १० मा भएको सार्वजनिक सुनुवाईमा दाप्चा क्षेत्र पुनरुत्थान, खानेपानी समस्या लगायतका विषयमा, नगरपालिका हलमा भएको सार्वजनिक सुनुवाईको क्रममा नगरबासीहरुले क्रसर उद्योगको धुलोका कारण परेको समस्या, सडकको स्तरोन्नति नहुँदा भएका समस्या लगायतका विषयमा जवाफ मागेका थिए । यस्तै दाहालचौरमा भएको सार्वजनिक सुनुवाईमा बाटो कालोपत्रेमा भएको ढिलाई लगायतका विषयमा नगरबासीले प्रश्न गरेका थिए भने कानपुरमा भएको सार्वजनिक सुनुवाईमा शिक्षक दरवन्दी मिलान, आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन लगायतका विषयमा नगरबासीले प्रश्न गरेका थिए ।


सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले उठाएको प्रश्नको जवाफ नगर प्रमुख टी.पी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले दिएका थिए । नगर प्रमुख तिमल्सिनाले आफूहरु कार्यकालको अन्तिम समयमा आइपुगेको र पछिल्लो पाँच बर्षको अवधिमा जनअपेक्षाअनुसार सक्दो काम गरेको बताए । चुनावी प्रतिवद्धताअनुसार वातावरणमैत्री नगर निर्माण, सबै वडा कार्यालयको भवन निर्माण, स्वास्थ्य संस्थाका भवन निर्माण गरिएको तिमल्सिनाले बताए । सुशासन, आवश्यक कानुनहरुको निर्माण लगायतका विषयमा नमोबुद्ध नगरपालिका अग्रपंक्तिमा रहेको उनले बताए । बजेट र योजना निर्माणमा सबैको सहमतिमा गरिएको तथा पाँच बर्षमा सबैको सहमतिमै नगरसभा, कार्यपालिका बैठकहरु गरिएको तिमल्सिनाले बताए ।
चारवटै सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अघिल्लो आर्थिक बर्षमा सम्पन्न गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण कम्प्युटर अपरेटर श्याम खनालले गरेका थिए ।

Facebook Comments Box
Previous Post

वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर आईपीओ मा कोटा छुट्याइने

Next Post

नमोबुद्ध नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
नमोबुद्ध नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

नमोबुद्ध नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.