Saturday, March 14, 2026
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिका परिसरमा सरसफाई

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ २२, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशी गाउँपालिका परिसरमा सरसफाई
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी÷काभ्रे,

जिल्लाको रोशी गाउँपालिकाको कार्यालय परिसरमा सरसफाई गरेका छन् । निजामती कर्मचारी सेवा दिवस २०८०, अन्र्तराष्ट्रिय साक्षरता दिवस र डेंकु बिरुद्धको राष्ट्रिय अभियान ‘खोज र नष्ट गर’ अभियानको अवसरमा जनप्रतिनिधिहरू र कर्मचारीहरूले संयुक्त रुपमा कार्यालय परिसर सरसफाई गरेका हुन् । परिसरमा प्लाष्टिकजन्य फोहरहरू संकलन गरी सफा गरेको हो ।

You might also like

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

परिसर सरसफाई पश्चात शुभकामना आदनप्रदान कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जनताले अनुभुत गर्ने खालको सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । ‘हामीले काम गरीरहेका छौँ, तर जनताले स्थानीय तहबाट सेवा पाईरहेको अनुभुत गरेको छैन भने निरर्थक हुन्छ ।’ गाउँपालिका अध्यक्ष लामाले भन्नुभयोे, ‘जो सेवाग्राही छ, जो टार्गेट ग्रुप छ उनिहरूले सेवा पाईरहेको छ भन्ने फिलिंस आउने गरी काम गर्नु पर्छ । त्यसमा कर्मचारी साथीहरूले मध्यनजर गरी काम गर्नुहोला ।’राज्यहरूको उदयदेखि नै निजामती कर्मचारीको शुरुवात भएको उँहाकोे भनाई छ । राज्यले लिएको लक्ष र उद्देश्य प्राप्त गर्नको लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुने लामाले बताउनुभयो । जनप्रतिनिधिहरूले निति नियम निर्माण गर्ने र कर्मचारीले कार्यान्वयन गर्ने उँहाको भनाई छ ।आगामी फागुन २७ गते रोशी गाउँपालिकाको स्थापना दिवसको अवसरमा गाउँपालिकाको कर्मचारीहरू मध्येबाट कार्यसम्पादनमा उत्कृष्ठ भएका कर्मचारीलाई सम्मान गर्ने कार्ययोजना रहेको लामाले बताउनुभयो । सो सम्मानमा पर्ने गरी काम गर्न कर्मचारीहरूलाई अनुरोध गर्नुभयो ।

निजामती संघीय ऐन आउने तयारीमा रहेकै वेला सेवाको भन्दा अलि बढी सुविधाको कुरा उठाएर बिरोध उठाएको लामाले बताउनुभयो । सेवाको आधारमा सुविधा दिने भएकाले सेवा र सुविधालाई सँगै उठाउनुपर्ने लामाले बताउनुभएको छ ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले नेपाल सरकारको लक्ष पूरा गर्न निजामती सेवा दिवसले सफलता प्राप्त होस भन्ने कामना गर्नुभएको छ । ‘नेपाल सरकारको जो लक्ष छ, सुशासन कायम गर्ने, सामाजिक न्याय प्रधान गर्ने र समृद्धिको लक्ष यस दिवसले पूरा गर्न सकोस ।’ उपाध्यक्ष वाईबाले भन्नुभयो ।

संघीयता पूर्ण रुपमा लागु नभएको उपाध्यक्ष लामाले जानकारी दिनुभयो । तीन तहको सरकार बनेपनि अझै स्थानीय तहलाई पूर्णरुपमा अधिकार नदिएको उँहाको भनाई छ । स्थानीय तहलाई अझै प्रदेश र संघले लगाम लगाई रहेको उँहाले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले कार्यालय परिसरलाई सरसफाई गरी वातावरण अनुकुल बनाउनुपर्ने बताउनुभयो । सेवाप्रवाह गर्ने स्थान सफा भए मात्र काम गर्न जाँगर चल्ने उँहाको भनाई छ । त्यही कारण निजामती सेवा दिवस, अन्तराष्ट्रिय साक्षर दिवसको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको उँहाले जानकारी दिनुभयो ।
२०७६ सालमा रोशी गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएको थियो । अझै सतप्रतिशत साक्षर भने भईनसकेको उँहाको भनाई छ ।
सार्वजनिक सेवामा जनप्रतिनिधि र कर्मचारी दुवै मिलेर अगाडी बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत तामाङले बताउनुभयो । जनप्रतिनिधि इलेक्टेड हुन्छ भने कर्मचारी ननईलेक्टेड हुने तर दुवै सेवाको लागि आएको उँहाको भनाई छ ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार तामाङले निजामती कर्मचारीले सेवाग्राहीलाई मुस्कानसहित सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । प्रहरी मेरो साथी भने जसरी नै कर्मचारी मेरो जस्तो भएर काम गर्नु पर्ने उँहाको भनाई छ । ‘कर्मचारीले मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्छ । प्रहरी मेरो सोथी भने जस्तै कर्मचारी मेरो साथी जस्तै गरी सेवाग्राहीलाई सेवा दिनुसक्नुपर्छ ।’ तामाङले भन्नुभयोे, ‘अनि मात्र जनताले गाउँ–गाउँमा सिंहदरबार आएको महशुस गर्नसक्छ ।’कर्मचारी स्थायी सरकार भएको तामाङले बताउनुभयो । राष्ट्रिय गौरवका योजनाहरू प्रदेश सरकार र संघ सरकारले गर्नुपर्ने र साना आयोजनाहरू संघ सरकारले गर्नुपर्नेमा प्रवक्ता तामाङले जोड दिनुभयो ।
संघीय शिक्षा ऐन ड्राफ्ट भैरहेको अवस्थमा शिक्ष नीति तयार भैसकेको र शिक्षा कार्यविधि बनाईरहेको बताउनुभयो । बन्दै गरेको शिक्षा नीतिले रोशी गाउँपालिकामा साक्षरता एक सय प्रतिशत बनाउने उनले बताउनुभयो । सो अवसरमा जनप्रतिनिधिहरू र कर्मचारीहरूको स्वास्थ्य परिक्षण पनि गरेका थिए । गाउँपालिकाको स्वास्थ्य शाखाका प्राविधिकहरूले ब्लडप्रेसर, मधुमेह, तौल, मुटुको धड्कन आदि परिक्षण गरेका थिए ।
योजना शाखाका प्रमुख रामबहादुर लामाले सञ्चालन गर्नुभएकोे कार्यक्रममा प्रशासकीय अधिकृत धनबीर लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा रोशी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अशोक गौतम लगायत गाउँपालिकाका विभिन्न शाखाका शाखाप्रमुखसहि कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

Previous Post

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

Next Post

मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

by RadioRoshi
शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

माघ १४ गते मंगलटारमा निःशुल्क आँखा शिविर हुँदै

माघ १४ गते मंगलटारमा निःशुल्क आँखा शिविर हुँदै

बिहिबार, माघ १२, २०७९
तपस्वी रामबहादुर बम्जन साधारण तारेखमा रिहा

तपस्वी रामबहादुर बम्जन साधारण तारेखमा रिहा

बुधबार, साउन ९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.