चैत्र २०,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकामा न्यायिक समितिका पदाधिकारी तथा मेलमिलाप कर्ताहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । तालिमको आज रोशी गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लक्ष्मीकुमारी बर्तौलाले उद्घाटन गरेकि हुन् ।

उद्घाटन समारोहमा बोल्दै उनले न्यायिक समितिले कुनैपनि किसिमका विवादका घटनाहरुको समस्या समाधानका निम्ति जिल्ला अदालतसँग समन्वय गरेर मात्र समाधान गर्ने गरेको बताईन् । गाउँघरमा आईपरेका साना तिना देवानी किसिमका मुद्धाहरुलाई पालिकामा नै समाधान गर्दै आइरहेको बताउँदै उनले यसको बाबजुद पनि न्यायिक समितिका पदाधिकारीहरुमा अझै विवाद समाधान सम्बन्धि ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न आवश्यक भएको हुदाँ यस तालिम मार्फत ज्ञान आर्जन गरी समृद्ध समाज निर्माणको निम्ति टेवा पुग्नेछ भन्ने कुरामा आफु विश्वस्त रहेको बताईन् ।

त्यसैगरी प्रमुख अतिथिको रुपमा काभ्रे जिल्ला अदालतको न्यायधिश सूर्य प्रसाद पराजुलीले विवाद जुनसुकै स्थानमा हुन सक्ने बताउँदै ठूला प्रकृतिको घटना छन् भने मात्र जिल्लामा जाने, नत्र साना विवादका घटना मेलमिलापको माध्यमबाट विवाद निरुपण हुने बताए । यसका लागि मेलमिलाप कर्तामा सरल, सहज ढंगले समाधान गर्न सक्ने ज्ञान, सीपको आवश्यक हुने बताएका छन् । कार्यक्रममा जिल्ला अदालतको श्रेष्तेदार गोविन्द घिमिरे, पालिकाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो भने तालिममा ६१ जना मेलमिलाप कर्ताहरु सहभागी भएको तालिम सहजकर्ता वेवी डेजी गुप्ताले जानकारी दिईन् ।

Facebook Comments Box