काभ्रे,
काभ्रेमा आज बिहान नेपाल बन्दको सामान्य प्रभाव परेको छ । नेपाल बन्दको दिन कतै बम भेटिएको छ भने कतै झडप समेत भएको छ । आज बिहानै बिपि राजमार्ग अन्तर्गत काभ्रे भञ्ज्याङ्मा फेला परेको होक्स बम डिस्पोज गरिएको छ । डिएसपी सहित नेपाली सेना कालिजगं गण धुलिखेलका सेनाल उक्त बम डिस्पोज गरे सँगै राजमार्ग सुचारु भएको छ ।
यस्तै बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सार्वजनिक बसमा ढुङ्गा हाने पछि प्रहरी र बन्दकर्ताबिच झडप समेत भएको छ । बनेपा चारदोबाटोमा बन्द गराउदै हिडेका बिप्लवका केहि कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । अहिले जिल्लामा गाडी निर्वाधरूपमा चलेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।