काभ्रे,
काभ्रेमा मिटर ब्याजीविरुद्ध १७ जनाले ३० भन्दा धेरै मिटरब्याजी विरुद्ध जाहेरी दिएका छन् । सरकारले मिटर ब्याजीविरुद्ध उजुरी दिन आव्हान गरेको अन्तिम दिनसम्म जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा १७ जना पीडितले ३० भन्दा धेरै मिटरब्याजी विरुद्ध जाहेरी हुन् । अझैपनि धेरै पीडितहरू त्रासकै कारण खुल्न सकेका छैनन् ।
सरकारले उजुरी पछि कस्तो कारबाही अघि बढाउने भन्ने निर्णय नगरेकाले अहिलेका लागी उजुरी गर्ने पीडित र पीडक दुवैको नाम गोप्य राखिएको छ । मिटर ब्याज लिनेमा सहकारीहरु पनि छन् । सहकारीका प्रबन्धकहरू, सञ्चालकहरूविरुद्ध पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ ।