काभ्रे,
राष्ट्रिय भूमि आयोग ताहाचलको सूचना अनुसार बेथानचोक गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने भूमिहीनका लागि आवेदन माग गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनको लागि आवेदन माग गरिएको हो । राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आयोगले तोकेको ढाँचामा फाराम भरी बुझाउन आग्रह गरेको छ ।