चैत्र ९,
२०७७,काभ्रे/

हिरासतका थुनुवालाई कानुनी तथा विभिन्न विषयको बारेमा जानकारी गराउने उद्देश्य अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । ‘आचरण व्यवहारमा परिवर्तनका लागि थुनुवाको हातहातमा किताब’ भन्ने नाराका साथ पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयको आईतबार बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले समुद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले हिरासतका कैदिलाई आफूले गरेका कार्यबाट पाईने सजाय, गलत कार्यमा कानुनी कार्वाहीबारे जानकारी गराउन पुस्तकालय स्थापना गरिएको बताए । फुर्सदको समयलाई सदुपयोग गरेर आफ्नो रुची अनुसारको विभिन्न विषय जस्तै इतिहास, भूगोल, राजनिति लगायतका पुस्तक पढेर उनीहरुले जानकारी राख्न सक्ने उनले बताए । उनका अनुसार पुस्तकालय स्थापनाका लागि विभिन्न स्तरबाट सहयोग प्राप्त भएको बताउँदै सहयोग गर्ने सम्पूर्णमा उनले आभार प्रकट गरे ।

Facebook Comments Box