चैत्र ११,
२०७७,काभ्रे/

कोरोना भाईरसको संक्रमण बढ्न सक्ने भन्दै सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए कारबाही गर्ने जिल्ला प्रशासन कार्यलय काभ्रेले चेतावनी दिएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रशासनले यस्तो चेतावनी दिएको हो । पछिल्लो समय भारत लगाएत अन्य मुलुकमा कोरोनाको संक्रमण बढेको र भारतबाट फर्किएका नागरिकहरुमा कोरोना पुष्टि भएपछि सबै प्रशासनहरु उच्च सतर्कता अपनाउन गृह मन्त्रालयले पत्राचार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले धेरै भिडभाड नगर्न र स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको हो । यस्तै कार्यालयले आउँदै गरेको होलीमा भिडभाड नगर्न समेत आम नागरिकहरूलाई आग्रह गरेको छ । कार्यालयले अबदेखि सार्वजनिक यातायातमा अनिवार्य मास्क प्रयोग गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ । यदि अटेर गरेको पाइएमा सङ्क्रमण रोग ऐन अनुसार कारबाही गरिने पनि उल्लेख गरेको छ ।

Facebook Comments Box