रोशी सहकर्मी–माघ १,
२०७६,काभ्रे(सानीखोला)/

भिजिट नेपाल २०२० को अवसरमा रोशी ४ सानीखोला लेम्बा बेशीमा रहेको गुप्तेश्वर महादेव स्थानमा आज भव्य मेला लागेको छ । माघे संक्रान्तीको समयमा हरेक बर्ष महादेवको दर्शन गर्न हजारौको संखमा दर्शनार्थीहरु पुग्ने गर्छन् । पहरा भित्र रहेको गुफमा महादेवको मन्दिर रहेको छ । सोही अवसरमा सानीखोला लेम्बा बेशी युथ क्लबले भव्य साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा संविधान सभा सभासद तिर्थ लामाको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपाका नेता अमित लामा, रोशी गाँउपालिका वडा नं ७ का वडा अध्यक्ष पोष्टराज गौतम, वडा नं ३ का वडा अध्यक्ष धन जित लामा, वडा नं ५ का वडा अध्यक्ष तिर्थ राज लामा, वडा नं १० का वडा अध्यक्ष दुध राज तामाङ लगायत राजनीतीक दलका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दर्जन भन्दा बढि राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जन दिएका थिए । ५ हजार भन्दा बढिले मेला भरेको आयोजकले जनाएको छ । कार्यक्रमको उद्देश्य सो स्थानको प्रचार प्रशार गर्नु रहेको आयोजकले बताएको छ । कार्यक्रममा प्रहरी र आर्मेड पुलिसहरु बाक्लो रुपमा सुरक्षर्थ खटिएका थिए ।

Facebook Comments