यश कुमार परियार–भकुण्डे, असोज १६
जिल्लाको नमोबुद्ध नगरपालीका स्थित भकुण्डे देखि पिपल्टार सम्म बस सेवा संचालनमा आएको छ । भकुण्डेबेशीमा आयोजना गरिएको समुद्घाटन कार्यक्रममा नमोबुद्ध नगरपालीका प्रमुख टि.पी. शर्मा तिमल्सिनाले उद्घाटन गरे सँगै बस संचालनमा आएको हो । नमोबुद्ध नगरपालिकाको पहलमा काभ्रे बस ब्यवसायी संघले काठमान्डौ रत्नपार्क देखि बनेपा हुँदै भकुन्डे, आरुबारीचौर, तल्लोहटिया, खाग्सी, पिपलटार सम्म नियमित रुपमा बस सन्चालनमा ल्याएको हो । यस सेवाबाट नगर भित्रका वडा नं ८, ९ र १० का मानीसहरु लाभान्वित हुनेछन् ।
बिगत लामो समय देखिको अथक प्रयास पछि नगर वासीलाई सेवा दिन सकेको बताउँदै यस काममा सहयोग गर्ने सबैलाई नगर प्रमुख शर्माले धन्यवाद दिए । सुरुवाती चरणमा एउटा मात्रै बस सञ्चालनमा आएता पनि बिस्तारै यात्रुको चाप अनुसार थप्दै जाने शर्माको भनाई छ । विभिन्न कार्यको लागी आवात जावात गर्दा समस्यामा पर्ने स्थानीयहरु अब घरमा नै गाडि पुगेपछि खुसी भएका छन् । दशैँको समयमा आफ्नो समस्या बुझेको प्रति स्थानीयहरुले नगरप्रमुखलाई धन्यवाद दिएका छन् । दशैँको बेलामा सहरबाट गाँउ फर्कनेहरु पनि राहत महसुस भएको बताउँछन् ।

Facebook Comments