काभ्रे,
बनेपावासीले लोकतान्त्रिक – बाम गठबन्धनका उम्मेदवारहरुलार्ई भव्य स्वागत गरेका छन् । स्थानीयले बाजागाजा, सगुन, फुलमालासहित गठबन्धनका उम्मेदवारहरु स्वागत गरिरहेका छन् । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ मा गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवप्रसाद हुमागाई र प्रदेश सभा २ (ख) का उम्मेदवार कञ्चनचन्द्र बादे लगायत समानुपातिक तर्फ प्रतिनिधी सभाका उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, प्रदेश सभातर्फ कांग्रेसका सुरकृष्ण बैद्य, माओवादी केन्द्रका रुकु चौलागाई, भोला अर्याल, नेकपा (एकिकृत समाजवादी)का कल्पना श्रेष्ठ, हरिगोपाल प्रधानाङ्ग, दिलबहादुर तामाङ लगायतका उम्मेदवारलाई बनेपामा भव्य स्वागत गरिएको हो ।
२०५६ सालमा प्रतिनिधी सभा सदस्यको रुपमा सोही क्षेत्रबाट निर्वाचित शिवप्रसाद हुमागाईले काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजना, बनेपा बहुप्राविधिक महाविद्यालय, सूचना प्रविधि पार्क निर्माणमा अहम योगदान दिनुभएको छ । २०७० सालको संविधान सभा निर्वाचन जितेर उद्योग राज्यमन्त्री समेत बन्नुभएको बादेले सडक लगायतका पूर्वाधारमा नेतृत्वदायी भुमिका खल्नुभएको छ ।
समानुपातिक उम्मेदवार पनि पार्टी राजनीति र सामाजिक क्षेत्रमा अलग्गै पहिचान बनाएका व्यक्तित्व भएका कारण बनेपावासी गठबन्धनको पक्षमा उभिएका छन् । भ्रष्टचार र अनियमिततामा मुछिएका व्यक्ति एमालेबाट प्रतिनिधी सभामा उम्मेदवार बनेका कारण पनि बनेपावासीको चाहना अनुभवी, सुशासनका पक्षधर उम्मेदवार रहेका छन् । ‘भ्रष्ट हैन प्रष्ट नेता’ लाई मतदान गर्ने बनेपावासीले बताउँदै आएका छन् ।
बनेपाका सबै वडामा भएको घरदैलो र कोणसभामा स्थानीयको बाक्लो उपस्थिती छ । यसअघि सोही क्षेत्रको प्रतिनिधित्व गरेर बनेपाको विकासमा योगदान गरिसकेका जनप्रतिनिधी नै गठबन्धनका तर्फबाट उम्मेदवार भएको भन्दै बनेपाबासीले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने अठोट लिएका छन् ।