Sunday, February 1, 2026
Date
सोम, माघ २०, २०८२
Mon, February 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

जिल्ला स्वास्थ्य कार्यालय काभ्रे वाग्मती प्रदेशकै उत्कृष्ट, स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख

RadioRoshi by RadioRoshi
सोमवार, मंसिर २६, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
जिल्ला स्वास्थ्य कार्यालय काभ्रे वाग्मती प्रदेशकै उत्कृष्ट, स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका लागिसमेत सहज स्वास्थ्य सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । स्वास्थ्य सेवा सबल बन्दै जाँदा स्वास्थ्य कार्यालयमा हालै वाग्मती प्रदेशस्तरीय समीक्षा कार्यक्रममा प्रथम समेत भएको छ । “सहज स्वास्थ्य सेवा प्रदान गर्ने गरी जिल्लास्तरीय कार्यदिशासहित अघि बढ्दा जिल्लामा स्वास्थ्य सेवाको अवस्था सुधारोन्मुख बन्दै गएको छ”, कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले बताउनुभयो । उँहाको अनुसार ‘नवीनतम प्रयासको गुणस्तर, प्रणालीगत व्यवस्था र दिगोपनाको सम्भावना’ मूल नाराका साथ कार्यालयले सुरु गरेको अभियानले सार्थकता पाउँदै गएको हो ।
कार्यालयद्वारा बिगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षाअनुसार जिल्लामा संस्थामार्फत एक हजार नौ सय ६१ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । तेह्र स्थानीय तहमा २६ एम्बुलेन्स सञ्चालनमा रहेको तथा यी एम्बुलेन्स मार्फत गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क सेवा सुरु गरिएको छ । साथै, केही स्थानीय तहले ज्येष्ठ नागरिक तथा अशक्त तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छन् । कार्यालय प्रमुख डा सेढाईंका अनुसार जिल्लाका एक सय ३५ वडामध्ये तेमाल गाउँपालिकाको चार र खानीखोला गाउँपालिकाको दुई वटा वडा बाहेक सबैमा स्वास्थ्य संस्था रहेका छन् । एक सय सात स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा निरन्तरता दिइरहेका छन् भने २३ संस्थाका भवन बन्दै छन् ।
यस्तै सुत्केरी आमाको निधन तथा शिशुको निधन हुने क्रम शून्यतातर्फ उन्मुख भएको छ । जिल्लामा ४४ बर्थिङ सेन्टर छन् । अस्पताल तथा बर्थिङ सेन्टरमा सुत्केरी गराउने क्रम शतप्रतिशत हुन थालेको सेढाइँले बताए । अस्थायी साधन प्रयोग गर्नेहरुको संख्या पनि घटिरहेको छ ।
एक हजार बालबालिकालाई एक हजार एक सय पटक झडापखाला भएको छ । “जिल्लामा झाडापखाला समस्याका रुपमा रहेको पाइयो, कोरोना महामारीपछि हात धुने बानी परिवर्तन भए पनि यसलाई निरन्तरता नदिँदा दोहोरिएका घटना छन्”, कार्यालय प्रमुख डा सेडाईंले भन्नुभयो , ‘तर, जिल्लामा श्वासप्रश्वास, ग्याँस्ट्रिक, टाउको दुख्ने, आत्महत्या, चोटपटक, टन्सिललगायतका १० प्रकारका गम्भीर समस्या देखिएको छ ।’ सेढाईंका अनुसार रेविज, डेँगी, सुगर, प्रेसर, मुटुको रोग तथा हृदयघातको समस्या बढिरहेको छ ।
नमोबुद्ध नगरपालिकास्थित मेथिन्कोट प्रादेशिक अस्पतालमा निःशुल्क मुटु रोगको उपचार सुरु गरिएको छ । उक्त अस्पतालमा मुटु रोगको उपचार सुरु गरी शल्यक्रियाका लाग काठमाडौँस्थित गङ्गालाल अस्पतालमा पठाउने गरिएको सेढाईंले बताउनुभयो । “हृदयघात भएका बिरामीलाई गङ्गालाल अस्पतालले तत्काल अवस्था हेरेर निःशुल्क शल्यक्रिया गरिदिने व्यवस्था मिलाइएको छ”, उँहाले भन्नुभयोे, ‘मेथिनकोट अस्पताल ५० शय्या पु¥याएलगत्तै आकस्मिक सेवा तथा विभिन्न विशेषज्ञ सेवाकासाथै आफैँ अक्सिजन उत्पादन गरेर बिक्रीसमेत सुरु गरिएको छ ।’
एक वर्षको अवधिमा काभ्रेमा डेङ्गुबाट पाँच सय ५७ जना सङ्क्रमित भएमध्ये केहीको उपचारका क्रममा निधन भया, सर्नेसँगै नसर्ने रोगको प्रकोप केही मात्रामा फैलिएको सेढाईंले बताउनुभयो । धुलिखेल नगरमा स्वस्थ सहर कार्यक्रम, सुत्केरी आमा, पोषिलो खाना, दाँत, आँखा र मानसिक स्वास्थ्यको निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयको जिल्लास्तरीय कार्यदिशा तयार गरी प्रमाणमा आधारित कार्यक्रम गर्न आधारभुत तथ्याङ्क र यथासम्भव अन्य अनुसन्धानका गतिविधि गर्ने, समतामूलक स्वास्थ्य सेवा समुदायमा प्रदान गर्ने, दरबन्दीअनुसारको स्वास्थ्यकर्मीको व्यवस्था र तालिमको व्यवस्थापन गर्ने, कार्यसम्पादन सम्झौता गरी कार्य गर्ने, स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकालाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, प्रेषण प्रणालीको सुदृढीकरण गर्ने योजना छ । यस्तै सरकारले सुरुआत गरेको पूर्ण खोप सुनिश्चितता, पूर्ण पोषणयुक्त वडा घोषणा तथा सुनिश्चितता, परिवार नियोजनका साधनको उपलब्धता, घरमा हुने प्रसुति मुक्त वडा–पालिका र क्षयरोग मुक्त वडा–पालिका घोषणा गर्न प्राथमिकता दिँदै कार्य गर्नुपर्ने, कुपोषित तथा कडा श्वासप्रश्वासमा समस्या भएका बालबालिकाको परीक्षणको लागि अस्पतालमा प्रेषण गर्ने, निजी स्वास्थ्य संस्थासँग सहकार्य, समन्वय, सम्बन्ध विस्तार गरी सेवाको पहुँच र उपभोग बढाइ तथ्याङ्कको एकीकृत अभिलेख राख्ने, टेलि–मेडिसिन÷मातृ तथा नवशिशु हेल्पलाई सेवा विस्तार गरिने योजना बनाएको जनाइएको छ । –रासस

You might also like

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

Previous Post

योजना सम्झौता गर्न मण्डनदेउपुर नगरपालिकाको आग्रह

Next Post

जिल्ला प्रशासन कार्यालय काभ्रेद्धारा आपत्कालीन सञ्चालन केन्द्र क्रियाशील बनाउन निर्देशन

RadioRoshi

RadioRoshi

Related Posts

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

by RadioRoshi
शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

by RadioRoshi
शुक्रबार, माघ १०, २०८२
Next Post
जिल्ला प्रशासन कार्यालय काभ्रेद्धारा आपत्कालीन सञ्चालन केन्द्र क्रियाशील बनाउन निर्देशन

जिल्ला प्रशासन कार्यालय काभ्रेद्धारा आपत्कालीन सञ्चालन केन्द्र क्रियाशील बनाउन निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्ध र रोशी भेगका १०० भन्दा बढि मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण

नमोबुद्ध र रोशी भेगका श्रमिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण

सोमवार, पुस २३, २०८०
काठमाडौंको वायु निकै अस्वस्थकर तहमाः हिँडडुल गर्दा मास्कको प्रयोग गर्न अनुरोध

काठमाडौंको वायु निकै अस्वस्थकर तहमाः हिँडडुल गर्दा मास्कको प्रयोग गर्न अनुरोध

बुधबार, चैत्र २०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

बिहिबार, माघ ९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.