काभ्रे,
रोशी गाउँपालिकामा न्यायीक समिति, वडा अध्यक्ष तथा मेलमिलापकर्ताहरु बिच अन्तरकृया भएको छ । हिजो (मंगलबार) गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष मिम बहादुर वाईबा को सभापतित्वमा न्यायीक समिति, वडा अध्यक्ष तथा मेलमिलापकर्ताहरु बिच अन्तरकृया गरिएको हो । आगामि दिनहरुमा न्यायीक समिति, वडा अध्यक्ष तथा मेलमिलापकर्ताहरु बिच कसरी सहकार्य गरेर अघि बढ्ने भन्ने ,मेलमिलापकर्ता र न्यायिक समिति बिच कस्तो रणनिति तयार गर्ने, चुनौतिहरुलाई कसरी समाधान गर्ने लगायतका बिषयमा केन्द्रित रहेर छलफल गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्षहरु एवं न्यायीक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।