Sunday, May 17, 2026
Date
आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

वीपी राजमार्गमा फोहोर फाले कार्वाही

RadioRoshi by RadioRoshi
बुधबार, माघ ४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
वीपी राजमार्गमा फोहोर फाले कार्वाही
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई कार्वाही गर्ने भएको छ । नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले कार्वाही गर्ने निर्णयसहित सचेत गराएको हो ।
नगरपालिकाले वीपी राजमार्ग सरसफाई सञ्चालन गरिरहेको छ । सो राजमार्ग भएर जाने सार्वजनिक र नीजि यातायातका साधन र यात्रुले जथाभावी फोहोरजन्य सामाग्री फाल्न थालेपछि नगरपालिकालको बजार व्यवस्थापन कार्यविधी, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप सो निर्णय गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो । तत्कालिन संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघवीच सार्वजनिक सवारीका साधनबाट उत्पन्न हुने फोहोरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा भएको समझदारी अनुसार सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रु तथा यातायात मजदुरहरु समेतहरुले यात्राका समयमा प्रयोग गर्ने पानीका बोतलहरु, खानेकुराका अवशेषहरु, पलाष्टिकका झोलाहरु आदी फोहोरमैलाजन्यबस्तुहरु झ्यालबाट फ्याँक्ने, बसपार्कमा जथाभावी फाल्ने गर्नाले फोहोर भएको भन्दै सो रोक्ने व्यवस्था गराउने उल्लेख छ । उक्त क्रियाकलाप नगरेमा, अटेर गरेमा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम यातायात सवारी चालक वा यात्रुलाई कारवाही हुने उक्त समझदारीमा उल्लेख छ ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

नगरपालिकाले बुधबार कार्यक्रम नै गरेर सवारीसाधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकर समेत टाँसेका थिए । नगरप्रमुख लामासहित उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्म सिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, युवा परिषद्का कार्यकारी अधिकृत रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ले लगायत कर्मचारीहरु, प्रहरी चौकी भकुण्डेवेशीका इञ्चार्ज प्रहरी नायव निरिक्षक इन्द्रबहादुर राउत लगायतले चेतनामूलक स्टिकर टाँस गर्दै पालना नगरे कार्वाही गर्ने बताउनुभएको छ । राजमार्गमा चल्ने सबै सवारी साधन र यात्रुलाई सचेत गराएर कार्यान्वयन नभए कार्वाही गर्ने तयारी नगरपालिकाको छ । नगरपालिकाले यसअघि पनि साताव्यापी कार्यक्रम गरेर सरसफाइ अभियान सञ्चालन गरिरहेको छ ।

Previous Post

सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न

Next Post

रोशी गाउँपालिका वडा नं ९ का नागरीक एवं पशुहरुलाइ रेबिज विरुद्धको खोप

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
रोशी गाउँपालिका वडा नं ९ का नागरीक एवं पशुहरुलाइ रेबिज विरुद्धको खोप

रोशी गाउँपालिका वडा नं ९ का नागरीक एवं पशुहरुलाइ रेबिज विरुद्धको खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

मेथिनकोट अस्पतालमा शल्यक्रिया सेवा सुभारम्भ

मेथिनकोट अस्पतालमा शल्यक्रिया सेवा सुभारम्भ

मङ्लबार, कार्तिक १४, २०८०
अत्याधिक चिसोको कारण भुकम्पपीडितहरुको बिचल्ली

अत्याधिक चिसोको कारण भुकम्पपीडितहरुको बिचल्ली

शनिबार, मंसिर २३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.