काभ्रे,
रोशी गाउँपालिकाका नागरिकहरुलाई सुरक्षित वैदेशिक रोजगारीमा समुदाय स्तरमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । रोशी गाउँपालिकाको सामी कार्यक्रम मार्फत उक्त कार्यक्रम सञ्चालन गरिएको हो । “स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमाजाने नै भए सूचनालिएर, सीपसिकेर जाऔँ” भन्ने मूल नाराको साथमा उक्त अभिमुखिकरण कार्यक्रम सञ्चाल नगरिएको हो ।
कार्यक्रममा विदेशमा काम गर्न जानु पूर्व घर परिवारमा सल्लाह, परामर्श गरी सहमतिमा जानुपर्ने, लाग्ने खर्च र प्राप्त हुने आम्दानको तुलना गरी लाभ भए मात्र जाने, विश्वासिलो र इजाजतप्राप्त रोजगार व्यवसायी छान्ने, पैसा बुझाएपछि व्यहोरा खुलाई भर्पाई प्रमाण लिने, जाने देशमा भौगोलिक स्थिति, हावापानी, रहनसहन, धर्म, कानुन, काम गर्ने वातारण आदि बारेमा सामान्य जानकारी लिने जस्ता विषयमा समुदाय स्तरमा अभिमुखिकरण गरीएको कार्यक्रमका रिटनि भोलुन्टर कामी सिं लोप्चनले जानकारी दिनुभयो ।