काभ्रे,
भकुन्डे क्षेत्रमा एरोनेट वाईफाईको सेवाबाट सेवाग्राहिहरु हैरान भएका छन् । आकाशमा मेघ गर्जन र हल्का मात्रामा पानि पर्नासाथ एरोनेट वाईफाईको सेवा बन्द हुने गरेको छ । एरोनेट वाईफाईको यस्तो सेवाबाट बिशेसगरी संचारमाध्यमहरु, सहकारीहरु एवं बिभिन्न प्रकारका कार्यालयहरु प्रभावीत हुने गरेका छन् । हप्तामा दुई तिन दिन एरोनेट वाईफाईको सेवा बन्द हुनु सामान्य जस्तै बनिसकेको सेवागा्रहिहरुको गुनासो छ । आजपनि भकुञ्डे बजारमा लगभग दिनैभरी जसो एरोनेट वाईफाईको सेवा प्रभावित बनेको थियो ,जसका कारण विभिन्न प्रकारका कार्यालयहरु एवं संचारमाध्यमहरुको सम्पुर्ण कार्यहरु प्रभावित भएको छ ।
एरोनेटको यस्तो दिक्क लाग्दो सेवाले सेवाग्राहिहरु हैरान हुनेगरेका छन् । आज पनि बिहान करिव १२ बजेबाट बन्द भएको एरोनेट वाईफाईको सेवा अपरान्ह ४ बजेमात्र सुचारु भएको थियो । एरोनेट वाईफाईले यस्तो लापरवाहि नगरीदिन सेवाग्राहिहरुले सुझाव दिएका छन् ।