काभ्रे,
आज बिहानैदेखी अबरुद्ध बिपि राजमार्ग पुर्णरुपमा संन्चालनमा आएको छ । बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयहरुले बिपि राजमार्ग अबरुद्ध पारेका थिए । धुलिखेल–११ शित्तलबस्तीमा हिजो करिब दिउँसो करिब २ः१५ को समयमा अरनिको यातायात (खुर्कोट) को बसले स्कुटरलाई ठक्कर दिदा स्थानीय २९ बर्षिय बिशेश तिवारिको मृत्यु भएसँगै स्थानियहरु आन्दोलित भएका हुन् । स्थानियको भनाई अनुसार बस निकै स्पिडमा रहेको थियो । स्थानियहरुले सडकमा ‘अरनिको यातायात मुर्दाबाद,मान्छे मार्न पाईदैन, हामिलाई न्याय दे’ लगायतका नारा लगाएर राजमार्ग अबरुद्ध पारेका थिए ।
पात्लेखेतमा स्थानियहरुको चर्को आन्दोलन र राजमार्ग अबरुद्द हुँदा सवारीसाधनहरुले वैकल्पिक सडक प्रयोग गर्ग बाध्य भएका थिए । धुलिखेल,बनेपा,काठमाडौ लगायतको गन्तब्यतर्फ जानको लागि दाप्चा जाने रोड प्रयोग हुँदा अहिले यो बैकल्पिक सडकमा सवारीसाधनको चाप बढेको थियो ।