काभ्रे,
गत शुक्रवार राति गएको भूकम्पबाट जाजरकोटमा ४८ जना पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरूमध्ये २२ जना पत्रकारको धेरै क्षति भएको छ । भवन भत्किएर ल्यापटप, क्यामरालगायतका सामग्री पूर्णरुपमा क्षति भएको नेपाल पत्रकार महासङ्घ जाजरकोटका सचिव भरत शर्माले जानकारी दिनुभयो । ५ जनाको सञ्चार सामग्री अझै निकाल्न सकिएको छैन ।
जिल्लामा सञ्चालनमा रहेको ४ सामुदायिक रेडियो पनि प्रभावित भएका छन् भने सञ्चालन रहेका अनलाइन मिडिया हाउसमा पनि पूर्णरुपमा क्षति पुगेको छ ।