काभ्रे,
बनेपा नगरपालिका वडा नम्बर ७ बाट अवैद्य २० तोला सुन र १६२ तोला चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन् । हिजो साँझ बनेपामा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश घर भएका ३९ बर्षीय सचिन विभुतेको साथबाट विल नभएको सुन, चाँदी र स्रोत नखुलेको नेपाली पैसा बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भारतीय नागरिक विभुतेको साथबाट बिल नभएको सुन जस्तो देखिने पहेलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु १६२ तोला बरामद गरेको श्रेष्ठको भनाइ छ । उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ५ लाख ७६ हजार १३५ र भारतीय रुपैयाँ २२ हजार पनि बरामद गरेको प्रहरीले जनाएका छन्। उक्त सामान र भारतीय नागरिक विभुते इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेका छन् ।