काभ्रे,
सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । हिजो एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ४४ हजार रुपैयाँ पुगेको हो । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।