काभ्रे,
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट आज आउने भएको छ । प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने गरी अपराह्न ४ बजेका लागि समय तोकिएको जानकारी दिनुभयो ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नु हुने छ । चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी भएको छ । चालु आवको बजेट ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ रहेको थियो ।