पुस २४,
२०७७,रोमेछाप/

रामेछापको उमाकुण्ड गाउँपालिकाबाट एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुईदिनसम्म सुत्केरी हुन नसकेकी वडा नं २ बाम्तिभण्डारकी मेनुका कार्कीलाई पालिकाले निशुल्क रुपमा उद्धार गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की बस्नेतका अनुसार राष्ट्रपति महिला निशुल्क उत्थान कार्यक्रम अन्तर्गत पहिलो पटक सुत्केरी हुन समस्या भएकी महिलालाई उद्धार गरिएको हो ।

उमाकुण्ड गाउँपालिकामा जिल्लाकै दुर्गम क्षेत्र रहेको भन्दै निशुल्क महिला उद्धार कार्यक्रम समावेश गरिएको र सोहि कार्यक्रम अन्तरगत दुई दिनदेखि सुत्केरी बेथा लागेकी मेनुकालाई स्थानीय बाम्ति अस्पतालमा सुत्केरी गराउन नसकेपछि काठमाडौं पठाइएको उनले बताईन् ।

दुईदिनदेखि सुत्केरी हुन नसकेको जानकारी पाउन साथ पालिकाले सम्बन्धित निकायमा खबर गरेर हेलिकप्टर मार्फत थप उपचारका लागि प्रसुति गृह थापाथलि काठमाडौं पठाइएको उनको भनाई छ ।

Facebook Comments