काभ्रे,
बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा दुई लाख मेक्ट्रिक टन क्षमताको रसायनिक मल कारखाना स्थापना हुने भएको छ । काठमाण्डौं विश्वविद्यालय (केयु) र सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिकाबीच दुई लाख मेक्ट्रिक टन क्षमताको रसायनिक मल कारखाना स्थापना अध्ययनका लागि सम्झौता भएको हो ।
एक कार्यक्रमकाबीच केयु र गाउँपालिकाबीच प्रति वर्ष दुई लाख मेक्ट्रिक टन रसायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापना गर्न पूर्व सम्भाब्यता अध्ययनका लागि सम्झौता भएको हो । केयु र गाउँपालिकाबीच तीन बुँदे सम्झौता भएको छ ।
हरिहरपुर गढी गाउँपालिकामा रसायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पार्ने कच्चा पदार्थहरुको उपलब्धताका विषयमा केयुले अध्ययन गर्नेछ । कारखाना स्थापनाका लागि गाउँपालिकाले जग्गा, बिजुली र पानी उपलब्ध गराउने पहल गर्नेछ ।
सम्झौताको दोस्रो बुँदामा उक्त गाउँपालिकामा प्राविधिक र आर्थिक रुपमा रसायनिक मल कारखाना स्थापनाको उपयुक्तताका बारे विस्तृत अध्ययन केयुले गर्नेछ ।
सम्झौताको तेस्रो नम्बरमा ३ महिनाभित्र केयुले रसायनिक मल कारखाना स्थापना सम्बन्धि पूर्व सम्भब्यता अध्ययन प्रतिवेदन तयार गर्ने उल्लेख गर्नेछ । सम्झौता पत्रमा केयुको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोखरेल र गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष बज्रध्वज वाईबाले हस्ताक्षर गर्नुभएको छ ।