काभ्रे,
रोशी गाउँपालिकाभित्रका बाढीपहिरो प्रभावित १२३० घरपरिवारलाई गुजरा खर्च उपलब्ध गराईएको छ । पालिकाले डब्लुएफपीको सहयोगमा १ हजार २३० घरपरिवारलाई नगद राहत स्वरुप परिवारसंख्याको आधारमा १५ – २० हजार रूपैयाँ सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाएको हो । गाउँपालिका अध्यक्ष दिनश लामाका अनुसार पहिलो चरणमा बाढीपहिरो प्रभावित एक सय ८ घरपरिवारलाई र दोस्रो चरणमा एक हजार २ सय ३० परिवारलाई नगद गुजरा खर्च उपलब्ध गराएको हो । उहाँले बाढीपहिरो प्रभावितलाई बैंक खातामा पठाईएको रकम निकाल्न समस्या आएमा गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गर्नु भएको हो ।
असोज दोस्रो साता आएको भिषण वर्षासँगै आएको बाढी र पहिरोले रोशी गाउँपालिकाको विभिन्न वडाहरूमा ठूलो धनजनको क्षति पुगेको थियो । पालिकामा अहिले वडा नं. २ नारायणटार र वडा नं. ८ नार्केमा आवास निर्माणको काम भईरहेको छ ।